June 21st, 2022

बढ्दो व्यापार घाटा

बैंकिङ खबर/चालु आर्थिक वर्षको ११ महिनामा नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागका अनुसार चालु आवको ११ महिनामा १५ खर्ब ७७ अर्ब ३८ करोड ६० लाख रुपैयाँ व्यापार घाटा पुगेको देखिएको हो । गत वर्षको सोही अवधिमा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख रुपैयाँ नेपालले व्यापारघाटा व्यहोरेको थियो ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म अर्थात ११ महिनामा नेपालले १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख रुपैयाँको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

त्यस्तै, यस अवधिमा १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]