June 10th, 2022

बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबल कारको टिकट खरिदमा १० प्रतिशत छुट

बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेड र अन्नपूर्ण केबल कार प्रालिबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड Swipe तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद पश्चात् भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ  । 

उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । पर्यटकीय नगरी पोखरामा रहेको यस अन्नपूर्ण केबल कार प्रा.लि. ले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]