Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

असोज ९ सम्म कायम सेयरधनीले मात्रै कृषि विकास बैंकको हकप्रद भर्न पाउने

२०७३ आश्विन ३ गते
सेयर:

adbआगामी आइतबारसम्म कायम सेयरधनीले मात्रै कृषि विकास बैंकको हकप्रद भर्न पाउने भएका छन् । बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि असोज १० गते एक दिन सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । धितोपत्र बोर्डबाट आईतबार हकप्रद निष्काशनको स्वीकृति पाएपछि बैंकले सोही दिन संचालक समितिको बैठक राखी सेयरधनी दर्ता किताब बन्दको मिति तय गरेको जनाईएको छ । बैंकले हकप्रद बिक्री गर्ने दिन भने तोकिसकेको छैन । कृषि बिकास बैंकले भाद्र २१ गते धितोपत्र बोर्डमा हकप्रद निश्काशनका लागि आबेदन दिएको थियो ।