
बैंकिङ खबर/ वाग्मती प्रदेश घरेलु महासंघकी वरिष्ठ उपाध्यक्ष एवं महिला उद्यमी सरिता भट्टराई श्रेष्ठले महिलाहरुलाई बैंकिङ कर्जा पाउन अत्यन्तै समस्या हुने गरेको बताउनुभएको छ ।
मिडिया इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा उहाँले भन्नुभयो, ‘बैंकहरुले कर्जाका लागि सहजीकरण गर्छु भनेपनि महिलाहरुका लागि कर्जा पाउन महिनौ धाउनपर्ने स्थिति हुन्छ । १०, १५ लाख भनेपनि १ लाख पाउन पनि मुस्किल छ । श्रीमानको नागरिकता,लालपुर्जा र धरौटि माग्ने गरेको स्थिति छ ।’
यस्तै उद्यमी भट्टराईले देशमा उद्यमशिलताको खाँचो रहेको बताउनुभयो । उहाँले महिलाहरु पछिल्लो समय व्यवसायमा लाग्न चाहेको भन्दै कर्जाका लागि सरकारले सुष्म ढंगले अध्ययन गरेर अगाडि बढ्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।