Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

बैंकको व्याजदरका कारण उद्योगी व्यवसायी थप समस्यामाः अध्यक्ष उपाध्यय

२०७८ चैत्र २५ गते

बैंकिङ खबर/बागमती प्रदेश हस्तकला संघका अध्यक्ष होमनाथ उपाध्ययले बैंकको व्याजदरका कारण उद्योगी व्यवसायीसमस्यामा परेको बताउनुभएको छ ।मिडिया इन्टरनेशनलले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा उहाँले भन्नुभयो, ‘अबको व्याज १३ प्लस हुने भन्ने कुरा छ । ब्याजदर बढ्दै जाँदा उद्योग, व्यवसायी उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छौं, केही महिनामा कतिको नाम पत्रिकामा छापिने हो थाहा छैन ।’

सरकारले विलासित बस्तुको कडाइका कारण केहि प्रभाव परेको बताउँदै उहाँले यसको रिजल्ट आउन केहि समय लाग्ने बताउनुभयो । उहाँले आयतमा कडाइ गरेर मात्रै केहि नहुने भन्दै उत्पादन बढाउन र बजार चलायमान बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
एलसी बन्द गर्ने नाममा साना व्यावसायीहरुले बजारमा कच्चा पदार्थको अभाव खेप्नु परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आयातमा डलरको भाउ बढ्ने र भन्सारमा पनि दर बढेको स्थिति छ ।’

उत्तरी नाकालाई सुलव बनाउने धेरै प्रयास गरेपनि त्यो पहल हुन नसकेको उहाँको भनाइ छ । तरलता अभाव र आयतमा कडाइ गर्दा फाइदा जस्तो देखिएपनि आफ्नो स्रोत प्रभावित र क्षमता अनुसारको उप्पादन हुन नसकेको उहाँको भनाइ छ । एलसी खोल्दा कुनै पनि बैंकसँग सहुलियत कर्जा नभएको र उद्योगको उप्पादन र आयत प्रभावित भएको उहाँले बताउनुभयो । यहि मोडलमा जाँदा आगामि अर्थतन्त्र कुन मोडमा जाने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

Ad