April 7th, 2022

बैंक अफ इन्डियाका म्यानेजर मठारू, जो सोही बैंकका सेक्युरिटी गार्ड थिए !


बैंकिङ खबर/ भारतमा एक बैंकका सेक्युरिटी गार्ड त्यहि बैंकका म्यानेजर बन्नुभएको छ । ५८ वर्षीय परमजीत सिंह मठारू सेक्युरिटीको कामबाट शुरू गर्नुभएको थियो । उहाँले १३ वर्षपछि सोही बैंकको म्यानेजर बन्न सफल हुनुभएको हो ।
भारतीय सञ्चार माध्यम जागरणका अनुसार परमजीत सिंह मठारू युनियन बैंक अफ इन्डियाको शाखामा सेक्युरिटी गार्डको काम गर्नुहुन्थयो । मठारू सन् १९८२ मा १० कक्षा पास गरेर सेनामा भर्ती हुनुभएको थियो । २१ वर्षसम्म सेनामा हवल्दार भएर देशको सेवा गर्नुभयो । त्यसपछि उहाँले सन् २००३ मा स्वेच्छाले अवकाश लिनुभयो ।

त्यसपछि उहाँले करिब पाँच वर्ष ट्याक्सी चलाउने काम गर्नुभयो । ट्याक्सी चलाएर पनि केही नभएपछि सन् २००८ मा युनियन बैंक अफ इन्डियाको शाखामा सेक्युरिटी गार्डको रुपमा उहाँले काम पाउनुभयो ।

बैंकमा सेक्युरिटी गार्डको काम गर्दा कर्मचारीहरूलाई काममा सहायता गर्नुहुन्थयो । सहायता गर्ने क्रममा उहाँले एकदिन बैंकमा काम गर्ने अठोट गर्नुभयो । त्यसपछि उहाँले बैंक परीक्षाको तयारी गर्नुभयो । सन् २०१३ मा परीक्षा दिनुभयो । पहिलोपटक नाम निकाल्न सक्नुभएन । सन् २०१३, १४ र १५ मा परीक्षामा फेल हुनुभयो ।

सन् २०२१ मा पुनः पूर्ण तयारीका साथ परीक्षा दिनुभयो । तीन पटकपछि दिएको परीक्षामा भने उहाँ सफल हुनुभयो । सन् २०२१ मार्चको ३१ मा सोही बैंकको म्यानेजर बनेर काम गर्नुभयो ।

पहिले मठारू सोही बैंकमा सेक्युरिटीको काम गरेर झन्डै ७ हजार(भारू) तलब लिनुहुन्थयो । अहिले सोही बैंकमा म्यानेजर भएर ८०(भारू) हजार भन्दा बढी तलब बुझ्नुहुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]