
आइतबार सुनको मूल्य १०० रुपैयाँले बढ्यो
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ कायम भएको थियो । तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो शुक्रबार प्रतितोला १ हजार ३०५ रुपैयाँ कायम भएको चाँदी आइतबार पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो
सुनको भाउ सोमबार प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको ९६ हजार ६०० रुपैँयाँमा कारोबार भएको थियो ।
यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
मंगलबार प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
मंगलबार नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ३१५ रुपैयाँ भएको छ । सोमबार चाँदीको मूल्य १ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
बुधबार प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य
बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३२० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको थियो ।
बिहीबार सुनको मूल्य २५०० ले बढ्यो
सुनको भाउ बिहीबार प्रतितोलामा दुई हजार ५०० रुपैयाँले बढेर एक लाख नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैँयाँमा कारोबार भएको थियो ।
यसैगरी बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । बुधबार एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३५५ रुपैयाँमा निर्धारण भएको छ ।
शुक्रबार प्रतितोला एक हजारले घट्यो सुनको मूल्य
नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको दरले घटेको छ । बिहीबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।