Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

मञ्जुश्री फाईनान्सको शाखा कार्यालय चाबहिल र गोंगबुमा कारोबार शुरु

२०७८ माघ २३ गते

बैंकिङ खबर/ मञ्जुश्री फाईनान्स लिमिटेडले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ०७, चाबहिल तथा काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ०४, गोंगबुमा शाखाको कारोबार शुभारम्भ गरेको छ।

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, वीरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सा बजार, ईनरुवा, झुम्का बजार र विराटचोकमा २१ वटा शाखा रहेका थिए भने अब थप २ शाखासहित शाखा संख्या २३ रहनेछ।

२०७८ साल पौष मसान्तसम्म १ अर्ब ३५ करोड चुक्तापुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको यस फाईनान्सले ११.६३ अर्ब निक्षेप संकलन गरि ११.०२ अर्ब कर्जा परिचालन गरेको छ।

यसका साथै यस फाईनान्सले विप्रेषण, मोवाइल बैकिंग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ।