Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

आयल निगमले फेरि बढायाे पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्याे?

admin २०७८ माघ १८ गते
सेयर:

बैंकिङ खबर/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ। यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ।

यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ। ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ।

यति हुँदासमेत प्रति महिना ४.५ अर्बदेखि ५ अर्ब ऋण लिनु पर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।