Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

सरकारले ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैंकसँग १७ अर्ब सहुलितपूर्ण ऋण लिने

२०७८ माघ १८ गते


बैंकिङ खबर/ सरकारले ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’ का लागि विश्व बैँकसँग १५० मिलियन अमेरिकी डलर (करिब रु १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिने भएको छ । ऋण लिनका लागि वार्ता टोली समेत गठन गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त वार्ता टोली गठन गर्ने निर्णय गरेको बताए ।