पोखरा फाइनान्सको २५औं वार्षिक साधारण सभा सम्पन्न


Bankingkhabar /January 15, 2022

बैंकिङ खबर/पोखरा फाइनान्स लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रतिसेयर ८.०७५ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ०.४२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्तापुँजी १.०४ अर्ब पुगेको छ । साथै सभाले आ.व. २०७८/७९ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने(मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिएका छन्।

पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको फाइनान्सले आफ्ना ग्राहकलाई आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तररुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै सेवा प्रबाह गरिरहेको जनाएको छ।


सोसिअल मेडिया