मञ्जुश्री फाइनान्सको चौधौँ वार्षिक साधारण सभा सम्पन्न


Bankingkhabar /January 13, 2022

बैंकिङ खबर/ मञ्जुश्री फाइनान्स लिमिटेडको चौधौँ वार्षिक साधारण सभा बिहीबार नयाँ बानेश्वरमा अवस्थीत केन्द्रिय कार्यालयमा सम्पन्न भयो । साधारण सभाद्वारा आ.व. २०७७/०७८ को लागि प्रस्तावित ६.० प्रतिशत नगद लाभांश (वोनश शेयर तथा नगद लाभांशको करसमेत) र ४०.० प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने निर्णय पारित भयो ।

यस संस्थाको यस अघिसम्मको चुक्ता पूँजी रु. ९६ करोड ५३ लाख ९४ हजार ८९१।– रहेको छ । वोनस शेयर वितरण पश्चात् संस्थाको चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४७।– हुने भएको छ। यस फाइनान्सको पौष मसान्त सम्म रु. ११ अर्ब १५ करोड निक्षेप संकलन तथा रु. ११ अर्ब कर्जा लगानी रहेको छ।

मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाडौंमा रहि २२ वटा शाखा मार्फत नेपाल भरका प्रमुख शहरहरुमा सेवा पुर्याउंँदै आएको छ।

यो संस्था न्युरोड काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा, बिरगंञ्ज, मुर्गिया, योगिकुटी, मनीग्राम, भैरहवा, गैडाकोट, भरतपुर, टाँडी, पर्साबजार, इनरुवा, झुम्का तथा बिराटचोक शाखाबाट कारोबार गरिरहेको राष्ट्रियस्तरको वित्तिय संस्था हो । साथै निकट भविष्यमा संचालनमा आउने शाखा कार्यालय चावहिल, गोगबु तथा कलंकी शाखाहरु हुन् ।


सोसिअल मेडिया