Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

‘आईएमई पे’ बाट चन्द्रागिरि केबुलकारकाे टिकट काट्दा ३० प्रतिशत क्यास ब्याक

२०७८ पुष १६ गते

बैंकिङ खबर।

मोबाइल वालेट ‘आईएमई पे’मार्फत चन्द्रागिरि केबुलकारको टिकट बुकिङ गर्दा प्रयोगकर्ताले ३० प्रतिशत क्यास व्याक पाउने भएका छन्। कम्पनीले जाडो मौसमलाई लक्षित गरी सुरु गरेको याे योजना १ जनवरीसम्म मात्र मान्य हुनेछ।

योजनाअन्तर्गत प्रयोगकर्ताले आईएई पे वालेटबाट केबुलकारको टिकट बुकिङ गरेपछि ३० प्रतिशत रकम प्रयोगकर्ताको वालेटमै फिर्ता हुनेछ।

प्रयोगकर्ताले आईएमई पे मार्फत काटेको टिकटमा मात्र यो अफर लागू हुने कम्पनीले जनाएको छ।

आईएमई पे तथा चन्द्रागिरी हिल्स दुवै आईएमई ग्रुपद्वारा प्रवद्धित कम्पनी हुन् ।