
बैंकिङ खबर/ नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.बीच औपचारिक रुपमा सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेको छन् ।