
बैंकिङ खबर/आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले आफ्नो अठारौं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । आम्रपाली ब्यांक्वेट, थिरवम सडक, भाटभटेनी, काठमाडाैँमा भएको उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १४५ (१० प्रतिशत बोनश शेयर तथा ४ प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरीक्षक एस.ए.आर.एसोसिएट्सलाई नियुक्त गरेको छ ।
चुक्ता पूँजी रु.एक अर्ब दुई करोड बयालीस लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २० वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र १९ वटा ए.टि.एम. मार्फत ८० हजार भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै चालु आ.व. सम्म रु. १५ अर्ब २० करोड निक्षेप संकलन र रु. १३ अर्ब २ करोड कर्जा प्रवाह गरिसकेको छ ।