Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लाभांस वितरण

२०७८ पुष २ गते


बैंकिङ खबर/ सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयर धनीहरुलाई गत आर्थिक वर्ष २०७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २०७८ पौष २ गते बसेकोे बैंकसञ्चालक समितिको ३५२ औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ ।

बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी रु. ९,०३,४४,२९,५०२.५० (अक्षरेपी नौ अर्व तीन करोड चौवालिस लाख उनान्तिस हजार पाँच सय दुई रुपैयाँपचास पैसा मात्र) मा ५.७५ प्रतिशतले हुन आउने रकम रु. ५१,९४,७९,६९६.३९ (अक्षरेपी रु. एकाउन्न करोड चौरानब्बे लाख उनासी हजार छ सय छयानब्बे रुपैयाँ उनान्चालिस पैसा) बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्तापुँजीको ०.३०प्रतिशतले हुनआउने रकम रु. २,७३,४१,०३६.६५ (अक्षरेपी दुई करोड त्रियहत्तर लाख एक चालिस हजार छत्तिस रुपैयाँ पैसठ्ठी पैसा)बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरियो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११ औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण गरिनेछ ।

Ad