Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकद्वारा २४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

२०७८ पुष १ गते

बैंकिङ खबर।

हिमालयन बैंकले शिव नमुना माविमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई मासिक छात्रवृत्ति प्रदान गरेकाे छ। बैंककाे कावासाेती शाखाले साे विद्यालयका विद्यार्थीलाई मासिक छात्रवृत्तिका साथै स्टेशनरी प्रदान गरेको हाे।

बैंकले विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई ६ महिनाको छात्रवृत्ति (मासिक तथा भर्ना शुल्क) तथा कक्षा नर्सरी देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई स्टेशनरी सामानहरु प्रदान गरेको हो।

विद्यालयको वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित एक समारोहकाबीच बैंकका कावासोती शाखाका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त छात्रवृत्ति तथा स्टेशनरी सम्बन्धित विद्यार्थीहरुलाई हस्तान्तरण गरेकाे बैंकले जनाएकाे छ।

Ad