Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

मल्टिपर्पस फाइनान्सद्वारा १३ दशमलव ५२ प्रतिशत लाभांश घोषणा

२०७८ मंसिर २९ गते

बैंकिङ खबर।

मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफा र सेयर प्रिमियमबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

फाइनान्सको २८ मंसिरमा सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले बोनस सेयर सोको कर प्रयोजनार्थ शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले प्राप्त गर्न सक्नेछन्।