Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको २२ औं शाखा इटहरीमा

२०७८ मंसिर २२ गते

बैंकिङ खबर।

प्रधान कार्यालय हरिहर भवन, ललितपुरमा रहेको स्थानिय व्यापारी, बैंकर, उद्योगी र अन्य प्रतिष्ठित व्यक्तिहरुद्वारा प्रवर्धित तथा विगत २० बर्षदेखि उत्कृष्ट बैंकिंङ सेवा प्रदान गर्दै आएको यस संस्थाको २२ औं शाखा सुनसरी जिल्लाको इटहरीमा विस्तार गरी बैकिंङ कारोवार सञ्चालनमा ल्याएको छ।

उक्त शाखाको शुभारम्भ उद्योग वाणिज्य संघ, इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेल र संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले संयुक्तरुपले गरेका छन्। इटहरी शाखा सञ्चालनमा आए पश्चात संस्थाको कुल शाखा संख्या २२ र एक्सटेन्सन काउन्टर २ पुगेको छ।

हाल यस संस्थाको प्रदेश नं.१ मा ५ शाखा कार्यालयहरु, प्रदेश नं. २ मा ६ शाखा कार्यालयहरु र १ एक्सटेन्सन काउन्टर, वाग्मती प्रदेशमा ६ शाखा कार्यालयहरु र १ एक्सटेन्सन काउन्टर, लुम्विनी प्रदेशमा ४ शाखा कार्यालयहरु र गण्डकी प्रदेशमा १ शाखा कार्यालयबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।

यस संस्थाको चुक्तापूँजी रु ८६.४० करोड तथा जगेडा कोषमा रु. ३९.९५ करोड रहेको छ भने निक्षेप संकलन रु.६४५ करोड तथा कर्जा लगानी रु. ५६७ करोड रहेको छ।