
बैंकिङ खबर।
नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले फेरि आइफोन जित्ने मौका ल्याएकाे छ। “खल्ती मा आइफोन १३” अफर साथै १ लाख खल्ती पोइन्ट्स मात्र रू. ५० मा जित्न सकिनेछ। यो क्याम्पेन ५ डिसेम्बरदेखि सुरु हुँदै १४ जनवरीसम्म लागू हुनेछ।
प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर “खल्ती मा आइफोन”बाट मात्र रू. ५० को रिचार्ज गर्नुपर्नेछ। त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ। जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोवाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नुहुनेछ। अन्तिममा एक जना भाग्यशाली विजेताले आइफोन १३ प्राप्त गर्न सक्नु हुनेछ। साथै दैनिक एक जना भाग्यशाली प्रयोगकर्ताले पाउनु हुनेछ १ लाख खल्ती पोइन्ट्स। यदि तपाईंको खल्ती केवाईसी भेरिफाइड छ भने तपाईं यस क्याम्पेनमा भाग लिन योग्य हुनेछ।
यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “गत वर्ष हाम्रो आइफोन १२ क्याम्पेनको सफलतापछि हामी अर्को आइफोन अभियानलाई अगाडि बढाउन पाउँदा उत्साहित छौं। यो क्याम्पेन ल्याउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई डिजिटल नेपालको लागि प्रोत्साहित गर्नु हो।”
“खल्ती मा आइफोन १३ ” को विजेता घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत लक्की ड्र गरिनेछ।
२० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको ‘खल्ती’ले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटलाइज गर्न निरन्तररुपमा योगदान पुर्याउँदै आइरहेको छ। ”खल्ती” वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।
‘ HYPERLINK “https://bit.ly/KhaltiDownload-PR”खल्ती’ एप Khalti.com/app मा गइ डाउनलोड गर्न सकिन्छ।