२०७३ भाद्र ९ गते

चीनको वित्त क्षेत्रमा लगानी गर्ने अवसर खुल्दै

laganiचीनले विदेशी लगानी नीति खुकुलो बनाउने भएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चिनीया बजारमा लगानीकर्ताको मनोबल घट्दै गएपछि लगानीकर्ताको मनोबललाई उकास्नका लागि विदेशी लगानीमा तोकिएको सीमा घटाउन थालिएको हो । यसका लागि सरकारले शिक्षा, वित्त, संस्कृति र म्यानुफ्याक्चरिङ क्षेत्र पनि विदेशी लगानीकर्ताका लागि खुलाउन थालेको उप–वाणिज्यमन्त्री वाङ शाउवेनले पेचिङमा आयोजित एक पत्रकार सम्मेलनमा बताए । 

जुलाईमा त्यहाँ विदेशी लगानी १ दशमलव ६ प्रतिशतले घटेको छ । सरकारले फाइनान्स, दूरसञ्चारलगायतका आकर्षक सेवा क्षेत्रमा विदेशी लगानी प्रतिबन्ध गर्दा विदेशी लगानी आप्रवाह बढ्न सकेको थिएन । चीनमा विदेशी लगानी वृद्धि सुस्ताउन थाले पनि त्यहाँबाट सीमापार हुने लगानी ‘आउटबाउण्ड इन्भेष्टमेण्ट’ भने बढेको बताइएको छ । चिनियाँ लगानीकर्ताहरूले मर्जर र एक्विजशन गतिविधिमा बढी लगानी गरेको वाङको भनाइ छ । एजेन्सी