Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

विश्व बैंकले नेपाललाई १० करोड डलर ऋण उपलब्ध गराउने

२०७८ असार २५ गते


बैंकिङ खबर/विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले उक्त ऋण सहायता उपलब्ध प्रस्ताव अनुमोदन गरेको हो। जसअनुसार विश्व बैंकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि ५ करोड डलर र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउनका लागि ५ करोड डलर ऋण सहायता उपलब्ध गराउनेछ। उक्त सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय तथा उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने विश्व बैंकले विश्वास लिएको छ।