२०७८ जेष्ठ १० गते

‘उद्यमीहरुले बैंकको ब्याज तिर्न सक्ने स्थिति छैन’

भिमलाल पौडेल

सभापति उद्योग समिति, नेपाल चेम्बर अफ कमर्श

कोरोना महामारीको दोस्रो लहरका कारण नेपालको अर्थतन्त्र, उद्योग, व्यवसाय लगायत सबै क्षेत्र यतिबेला आक्रान्त बनेको छ ।  हरेक सेक्टरलाई कोरोना महामारीले छोएको छ । हरेक क्षेत्रमा कोरोनाको प्रभाव प्रत्यक्ष देख्न सकिन्छ ।

चीनबाट हुने आयात दुई वर्षदेखि ठप्प
यतिबेला चीनबाट हुने आयात दुई वर्षदेखि ठप्प छ । दैनिक उपभोग्य सामान, लत्ताकपडा, इलेक्ट्रोनिक सामानहरु ल्याउन सक्ने अवस्था छैन । हाम्रो धेरै सामानहरु चीनबाटै आउने गर्दथ्यो । तर  कोभिड–१९ का कारण त्यहाँ गएर व्यापारीहरुले छानेर ल्याउने स्थिति लगभग बन्द नै भएको छ । कोभिड–१९ गत वर्षको नाइन्टिनबाटै शुरु भयाे ।  नोभेम्बरसम्म चीन जाने क्रम बन्द नै भयाे ।  पहिलो पटक चीनबाट नै कोरोना भाइरस शुरु भएको थियो । त्यसपछि नेपालमा पनि कोरोना देखिन थाल्यो । अहिले नेपालमा जति पनि इन्पुट भएको छ । त्यो नेटबाटमात्रै भएको छ । 

उद्योगहरुमा कच्चा पदार्थको अभाव
यतिबेला नेपाली उद्योगहरुलाई कोभिड–१९ ले आक्रान्त पारेको अवस्था छ । हामीले केहि हाइड्रो पावर, सिमेन्ट उद्योगहरु पनि सञ्चालन गर्‍यौँ । यधपी कच्चा पदार्थ अभावकै कारण ती उद्योगहरु बन्द हुन पुगे ।
अर्कोतर्फ उद्योगबाट उत्पादन भएका सामान बजारसम्म जान्छ । बजारमा बिक्रि भएर त्यहाँबाट पैसा आउँछ । त्यो रोलिङ भएर चल्ने हो । जब कोरोनाका कारण बजार नै बन्द छ । देश नै ठप्प छ भने त्यस्तो अवस्थामा उत्पादन भएका सामानहरु के गर्ने ?, । नेपाली उद्योगहरुमा उप्पादन भएका सामानहरु लामो समयसम्म स्टोर गरेर राख्ने क्षमता छैन ।

कोरोना महामारीका बीचमा हामीले सिमेन्ट उद्योग सञ्चालन गर्‍यौँ । जसलाई आवश्यक पर्ने कच्चा पदार्थ ढुंगा लिन गाउँको बाटो हुँदै खानीसम्म जानुपर्ने हुन्छ । त्यहाँका बस्तिहरुले ढुवानी गर्ने चालकबाट कोरोना सर्छ भन्न थालेपछि उद्योग नै बन्द गर्न बाध्य भयौं ।  हाइड्रो पावरहरु सकभर चलाउन खोज्यौं । हाइड्रो पावरमा काम गर्न पनि निर्माण सामाग्री चाहिन्छ । सिमेन्टहरु, डण्डिहरु कतिपय हामीमा उपलव्ध भएपनि केहि बाहिरबाट इन्पुट गर्नुपर्छ । यी सामग्रीको अभावले गर्दा अहिले हामीले हाइड्रो पावर चलाउन सकिरहेका छैनौ ।

कोरोनाका कारण होटल क्षेत्र पनि बेहाल अवस्थामा पुगेकाे छ । कर्मचारीहरु कति समयसम्म पालेर राख्ने, बैंकको व्याज कहाँबाट तिर्ने । अरबौं लगानी गरेका ठूला–ठूला होटलहरु कोरोनाका कारण नाजुक अवस्थामा पुगेका छन् । त्यस्ता होटलमा लगानी गर्नेको स्थिति भयाभह छ । एक डेढ वर्षदेखि निजि क्षेत्रका कलेजहरु बन्द नै छन् । त्यहाँ वर्षोदेखि संलग्न हुँदै आएका कर्मचारी, शिक्षकलाई केहि न केहि पे त गर्ने पर्ने हुन्छ । जतिपनि उद्योगहरु छन् जस्ताे विभिन्न कलेज, हाइड्रो पावरहरुले अहिले बैंकबाट लोन थप्ने, थपेको लोनबाट व्याज तिर्ने, केहि कर्मचारीलाई पे गर्दै बस्नुपर्ने स्थिति छ ।

बैंकको ब्याज तिर्न सक्ने स्थिति छैन
नेपालका प्रायः उद्योगहरुले बैंकबाट नै ऋण लिएर चलाइ राखेको अवस्था छ । कोरोनाका कारण उद्योगधन्दा बन्द छ । यस्तो बेलामा व्याज नै तिर्न सक्नेस्थिति छैन । बैंकको पनि एउटा लिमिट हुन्छ । लिमिट पुरा भइसकेपछि उद्योगहरुसँग लगानीको अभाव हुन्छ । त्यसैले  उत्पादन गर्न सक्ने  स्थिति छैन । हामीले लामो समय मजदुरहरुलाई बेरोजगार राखेर बेतलवी राख्ने स्थिति पनि छैन । त्यसै कारण हामी एक वर्षभन्दा बढी समयदेखि समस्यामा छौं ।

बीचमा केहि समय कोरोना कम हुँदै गयाे ।  बजार क्षेत्र अलि खुकुलो भयाे । त्यो बेला केहि उद्योगहरु पनि चल्न थालेका थिए । तर अहिले कोरोनाको दोस्रो लहरसँगै उद्योग धन्दाहरु ठप्प भएको अवस्था छ । यस्तो बेलामा पनि उद्योगीहरुको आफुले लिएको ऋणको ब्याज त बैंकलाई तिर्नु नै पर्ने हुन्छ ।  उत्पादन भएका सामानहरु पनि बेच्न पाएका छैनाैँ । अहिले उद्योगीहरु बैंकबाट झिकेको ऋणको ब्याज बोकेर बस्नुपर्ने अवस्था छ ।

‘औद्योगिक क्षेत्र लागू गरौं’
कोभिड–१९ ले हामिलाई के सिकायो भने सरकारले जति पनि औधोगिक क्षेत्र घोषणा गरेको छ । त्यसलाई तुरुन्त लागू गर्नुपर्छ । जसले गर्दा मजदुर त्यहि औद्यौगिक क्षेत्रमा बसेर उद्योगहरु सञ्चालन गर्न सकुन् । अर्कोतर्फ सरकारसँग खर्च नभएको पैसा राष्ट्र बैंकमार्फत निजि क्षेत्रलाई पनि दिनुपर्ने देखिन्छ । जसले गर्दा निजि क्षेत्रलाई केहि राहत हुनेछ । विश्वका अमेरिका, बेलायत लगायतका देशले पनि निजि क्षेत्रलाई राहत दिएर अगाडि बढाएको अवस्था छ । त्यो खालको प्याकेज नेपाल सरकाले ल्याउनुपर्छ । जबसम्म निजि क्षेत्र अगाडि बढ्न सक्दैन तबसम्म अर्थतन्त्र अगाडि बढ्न सक्दैन ।

मौद्रिक नीतिमा थप योजना आवश्यक
लास्ट इयरमा मौद्रिक नीति आइसकेपछि निजि क्षेत्रलाई धेरै राहत भएको हामीले महसुस गरेका थियौं । त्यो मौद्रिक नीतिबाट आएका जुन कार्यक्रम छन् । अब आउने मौद्रिक नीतिमा त्यसलाई निरन्तरता दिँदै थप नयाँ कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।

मार्केटको रिसर्च गरेर होस् या एक्सन टिम बनाएर किन नहोस् । निजि क्षेत्रलाई अगाडि बढाउनुपर्ने देखिन्छ । राहत दिने नाममा प्रभावित नभएकै क्षेत्रहरुलाई पनि दिने गरेका हामीसँग धेरै उदाहरणहरु छन् ।  कोभिडकै कारण कतिपय विजनेस फस्टाएका छन् । त्यो क्षेत्रले राहत लियो भने अरु प्राथमिकतामा पर्ने क्षेत्र वञ्चित हुन्छन् । उदाहरणका लागि कृषि क्षेत्रमा कोभिडको खासै असर छैन । बरु उल्टो लगानी गर्ने स्थिति छ । टुरिजम, होटल क्षेत्र बन्द छन् । यी क्षेत्रलाई राहत दिएर दिएर उद्वार गर्नुपर्ने देखिन्छ । प्रभावमा परेका उद्योगधन्दाहरुलाई सरकारले विशेष प्याकेज ल्याएर सहयोग गर्नुपर्छ । 

(मिडिया इन्टरनेसनलले आयोजना गरेको वेवीनारमा वरिष्ठ व्यवसायी भिमलाल पौडेलले राख्नुभएको मन्तव्यको सम्पादित अंश)