बैंकिङ खबर । राष्ट्रिय स्तरको विकास बैंकका रुपमा रहेको कैलाश विकास बैंकको पूर्ण रुपमा नाम निशाला मेटीएको छ । उक्त बैंक प्राइम कमर्सियल बैंकमा गाभिएपछि विकास बैंकको सूचिबनाट कैलाशको नाम हटेको छ । प्राइम कमर्शीयल बैकले कैलाश विकास बैंकलाई १००ः९४ हाराहारीको सेयर स्वाप रेसियोमा गाभ्ने गरी गत असोज १५ गते सहमति गरेको थियो । प्राइमले यसअघि ओम डेभलपमेन्ट बैंकसँग मर्जरको संझौता गरि असफल भएको थियो । कैलाशलाई गाभेपछि प्राइम कमर्सियल बैंकको चुक्तापुँजी १३ अर्ब नाघ्ने छ । बैंकको निक्षेप १ खर्ब २८ अर्ब र कर्जा १ खर्ब १५ अर्ब रुपैयाँ बराबर पुग्नेछ । पछिल्लो समय विकास बैंकहरु धमाधम वाणिज्य बैंकहरुमा गाँभिदै गएका छन् । यस अघि ओम डेभलपमेन्ट बैंक एनएमबी बैंकसँग गाभिएको छ भने गण्डकी विकास बैंकले मेगा बैंकसँग गाभिने सहमति गरेको छ ।
बैंक-वित्त
विकास बैंकको सूचि घट्यो, कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकमा गाभियो
२०७६ फाल्गुन २८ गते
