२०७६ कार्तिक ६ गते

बैंकिङ्ग व्यवसायमा गैंह्र कोषीय कारोवारको आवश्यकता एवं चुनौतीहरु

अर्जुन बहादुर कंडेल
 गैंह्र कोषमा आधारीत व्यवसाय भन्नाले त्यस्तो कारोबारलाई बुझीन्छ जसमा बैंकले ग्राहकलाई प्रत्यक्ष रुपमा कोष उपलब्ध गराउदैन ।
बैंकले निश्चीत शुल्क तथा कमीशन लिएर ग्राहलाई सुबिधाहरु प्रदान गर्दछ र दायीत्व बुक गर्दछ । भविश्यमा कुनै पनि समयमा तीनीहरु बैंकको संभावीत दायीत्व हुन सक्ने कारणले  गैंह्र कोषमा आधारित सुविधाहरूलाई बैंकको कन्टीन्जेन्ट लायबीलीटी पनि भनिन्छ । यदि ग्राहक वा प्रिन्सीपल डेब्टर आफ्नो जिम्मेवारी वा कार्यसम्पादन पुरा गर्न असमर्थ हुन्छ भने ग्राहकको बैंकले तेस्रो पक्षलाई भुक्तानी दिनुपर्ने हुन्छ ।  गैंह्र कोषमा आधारित संविधान भन्नाले कोषमा आधारित जस्तो शुरुको अवस्थामा ग्राहकले बैंकको कोषको उपभोग गर्दैन । यस किसिमका कारोवारमा भविष्यमा बैंकले व्यहोर्नु पर्ने सम्भावित दायित्व रहेको हुन्छ । यो सुविधा उपभोग गर्ने ग्राहकहरूले आफ्नो जिम्मेवारी पुरा गरेन वा दायित्व निर्वाह गरेन भने मात्र त्यो दायित्व बैंक माथि सर्दछ अर्थात् यस कारोवारमा बैंकको प्राथमिक दायित्व नभई दोस्रो श्रेणीको पूरक दायित्व कायम हुन्छ । यसमा ग्राहकले आफ्नो प्रतिबद्धता अनुसार निश्चित समयावधिमा आफ्नो दायित्व पुरा गर्नुपर्दछ । कथंकदाचित ग्राहकले आफ्नो दायित्व पुरा गरेन भने मात्र बैंकले सो को जिम्मेवारी लिई ग्राहकका तर्फबाट सो दायित्व बहन गर्नु पर्दछ । यस किसिमको कारोवारमा कोषमा आधिारीत कर्जाको तुलनामा जोखिमको मात्रा कम हुने गर्दछ । गैरकोषमा आधारित सुविधा उपभोग गर्ने ग्राहकले आफ्नो दायित्व पुरा नगरेको अवस्थामा उक्त सुविधा कोषमा आधारित सुविधामा परिणत हुन्छ । यस किसिमको सुविधा अन्तर्गत विशेष गरी प्रतीपत्र तथा बैंक जमानत जस्ता कारोवारहरू पर्दछन् । प्रतितपत्र अन्तर्गत एल.सी. एडभाइजीङ्, एल.सी. कन्फर्मीङ र एल.सी. फरवाड बुकिङ् लगायतका सुविधाहरु पर्दछन् भने बैंक जमानत अन्तर्गत वीड बोण्ड, परफर्ममेन्स वोण्ड र एडभान्स पेमेन्ट बोण्ड जस्ता सुविधाहरु पर्दछन् । गैरकोषमा आधारित कारोवारहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन – २०७३ ले वासलात बाहिरको कारोबार (अफब्यालेन्ससिट आइटम)भनी परिभाषित गरेको छ ।

नेपालको बैकिङ् क्षेत्रमा  गैंह्र कोषीय कारोवारको अवस्था

निजीक्षेत्रका बैंकहरुमा धितो सुरक्षणमा लचकता, सेवाप्रवाहमा शिघ्रता जस्ता कारणहरुले गैह« कोषीय कारोवारमा बढि आकर्षण भएको देखिन्छ । सरकारी बैंकहरुमा बिगतमा देखिएको ढिलासुस्तीका कारणले हालसम्म पनि ग्राहकहरुमा बिगतको नकारात्मक प्रभाव परेको देखिन्छ । तर हाल सरकारी बैंकहरुमा ग्राहक सेवामा व्यापक परिवर्तन आई निजी क्षेत्रका बैंकहरुसंग प्रतिस्पर्धि बन्दै गएको देखिन्छ । बैंकहरुको आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिवेदन अनुसार प्रतितपत्र कारोवारमा अग्रणी स्थानमा देखिएका बैंकहरुमा नेपाल इनभेस्टमेन्ट बैंक, नबिल बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सीद्धार्थ बैंक ,एसवीआइ बैंक, एनएमवी बैंक, एनआइसीएसीया लगायत छन् भने बैंक जमानतमा अग्रणी बैंकहरुमा नेपालबंगलादेश बैंक, कृषीबिकास बैंक, नेपाल इनभेस्टमेन्ट बैंक, नबिल बैंक, एनसीसी बैंक, प्राइम बैंक लगायत छन् । त्यसैगरी सरकारी बैंक मध्ये नेपाल बैंक प्रतितपत्र कारोवारमा अब्बल देखिएको छ भने बैक जमानतमा कृषि बिकास बैंक निकै नै मजबुत अवस्थामा रहेको देखिन्छ ।

 गैंह्र कोषमा आधारीत व्यवसायको महत्व

कोषमा आधारीत कारोवार बढि जोखिमपूर्ण हुन्छ । यसमा बैंकले प्रत्यक्ष रुपमा कोष प्रवाहगर्ने हुनाले यसमा कर्जा जोखीमको संभावना बढि हुन्छ यस्तो कारोवार बैकमा उपलब्ध तरलतामा निर्भर गर्दछ । तर  गैंह्र कोषमा आधारीत कारोवारलाई बैंकको तरलताले प्रभाव प्रादैन । तरलताको समस्याबाट गुज्रीएका बैंकहरुलाई  गैंह्र कोषीय कारोवारले राहत प्रदान गर्दछ । बैंकिङ् ब्यवसायमा  गैंह्र कोषमा आधारीत कारोवारको महत्वलाई निम्नानुशार ब्यक्त गर्न सकिन्छ ।
1. कमिसन आम्दानीमा बृद्धि गर्न
2. तरलता उपलब्ध गराउन
3. कोषीय कर्जा बढाउन सहयोगी जस्तै टिआर लोन, डिमान्ड लोन, इम्पोर्टस् तथा एक्सपोर्टस लोन
4. ब्याज आम्दानीमा बृद्धि गर्न
5. ग्राहक तथा बैंकका बिच दिर्घकालीन सुमधुर सम्बन्ध कायम गर्न
6. स्वदेशी तथा बिदेशी बैंकहरुसँगको करेस्पोन्डेन्ट सम्बन्धलाई मजबुत बनाउन
7. राष्ट्रीय तथा अन्तराष्ट्रिय स्तरमा बैंकको कारोवारका दायरा विस्तार गर्न
8. अन्य पूरक बैंकीङ सेवाहरु विस्तार गर्न
9. बेनिफीसीयरी र बैंकका बिच बिश्वासको वातावरण कायम गर्न
10.  बैंकको मुनाफामा उच्च योगदान गरी दिगो बृद्धिमा मद्धत गर्न
11.  बिदेशी मुद्रा आर्जन गर्न
12.  विदेशी बिनिमय कमीसन प्राप्त गर्न
13.  देशको आयात निर्यातलाई सहजीकरण गर्न
14.  देशको विकास निर्माण कार्यमा सहयोगी बन्न
15.  व्यापार व्यवसायलाई सहयोग एवं प्रबद्र्धन गर्न

 गैंह्र कोषमाआधारीत कारोवारका चुनौतीहरु

1.  प्राविधीक जनशक्तीको आवश्यकता
2.  राष्ट्रीय एवं अन्तराष्ट्रिय नियमनकारी निकायहरुका निती निर्देशनशनहरुको पर्याप्त ज्ञानहसनु अति आवश्यक
3.  बैंकहरुबीचको अस्वस्थ प्रतिस्पर्धा
4.  ग्राहकको क्षमताभन्दा बढि सुविधा प्रदान गरिनु
5.  नेपाल राष्ट्रबैंकको अस्पष्ट तथा अपूर्ण परिपत्र तथा निर्देशनहरु
6.  सरकारी निकायहरुका त्रुटीपूर्ण ऐन नियमहरु जस्तै सार्वजनिक खरिद ऐनमा लाइन अफ क्रेडिटमा भएको अस्पष्ट एवं त्रुटीपूर्ण व्यवस्थाले बैंक जमानत कारोवारलाई प्रतिकुल प्रभाव पारेको ।
7.  केहि बैंकहरुले विनाधितो व्यवसायीक लहडका भरमा प्रतितपत्र तथा बैंक जमानत सुबिधा प्रदान गर्दा बैंकहरुको फोर्स लोन बढ्न गई खराव कर्जा बढ्ने संभावना ।
8.  व्यक्तिगत चीनजान र भनसुनका आधारमा समेत बैंक जमानत जारी गर्ने परिपाटी बढ्दै जाँंदा बैंकको बैंक जमानतको दावी बढ्दै गएको
9.  कमजोर आन्तरीक तथा बाह्य लेखा परिक्षण
10.  गैंह्र काषीय कारोवारमा नेपाल राष्ट्र बैंकको कमजोर निरक्षण तथा नियमन
11.  प्रतितपत्र तथा बैंक जमानतमा फ्रड को धेरै संभावना
12.  नक्कली बैंक जमानत जारी
13.  बैंकहरुको उच्च व्यवस्थापनले गैर कोषीय कारोवारलाई महत्व नदिनु
14.  ग्राहक र बेनिफीसीयरीबिचको असमझदारी भएमा बैंकलाई प्रत्यक्ष असर पर्ने
15. ग्राहक वित्तीय हिसावले टाट पल्टेमा बैंकको जोखिम बढ्ने
16.  बेनिफिसीयरीले कुनै पनि बहानामा बैंक जमानत दावी गर्न सक्ने
17. धितो सुरक्षण र कमिसन शुल्कमा बैंकहरुमा एकरुपता छैन बरु यसमा धेरै नै अन्तर छ । यसमा नेपाल राष्ट्र बैंक मुकदर्शक मात्र बनेको छ
18.  एड्भाइजिङ् तथा अन्य बैंकहरुको असहयोगले गर्दा ग्राहक समस्यामा पर्न सक्छ
19.  यो ब्यवसाय खर्चिलो छ
20.  ग्राहकले समयमै आफ्नो दायीत्व पुरा नगरेमा वा कार्य सम्पादन नगरेमा बैंकको गैंह्र कोषीयकर्जा कोषीयकर्जामा परिणत हुन्छ जसको असली बैंकको लागि चुनौतीपूर्ण बन्न सक्छ ।

सुझावहरु
1. नेपाल राष्ट्रबैंकमा गैह«कोषीय कारोवारको संचालनको नियमन, निरक्षण तथा लेखा परिक्षण गर्ने मानव संसाधनको बिकास गरी सो कार्यलाई प्रभावकारी बनाउने
2.  प्रतितपत्र तथा बैंक जमानत कारोवार संचालन गर्न बैंकहरुले आधुनिक प्रबिधिको प्रयोग गर्ने
3.  ग्राहकको धितो सुरक्षण एवं व्यवसायीक क्षमता एवं संभावनाको विश्लेषण गरेर मात्र यो सुविधा प्रदान गर्ने
4.  सरकारी निकायका सर्तहरु एवं नितीनियमहरु सहज हुनु पर्ने
5.  बेनिफीसीयरीले बैंक जमानत स्वीकार गर्नु, अधियसको आधिकारीकता परिक्षण गर्नु पर्ने
6.  बैंकहरुमा यो कारोवारको लागि कर्मकचारीहरुलाई नियमीत तालीम प्रदान गर्नु पर्ने
7. धितो सूरक्षण एवं कमिसनमा अस्वस्थ प्रतिस्पर्धाको अन्त्य हुनु पर्ने
8.  बैंकको उच्च व्यवस्थापनले गैह« कोषीय कारोवारलाइ बढि प्राथमीकता दिनु पर्ने
9.  ग्राहक सेवालाई छिटो छरीतो र जवाफदेही बनाउनु पर्ने
10.  राष्ट्रिय तथा अन्तराष्ट्रिय निती, नियम एवं अभ्यासहरुको पूर्ण पालना गर्ने

(लेखक नेपाल बैंक लिमिटेड प्रधानकार्यालयमाट्रेड फाइनान्स डिभिजन प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । )