बैंकिङ खबर । भारतको पन्जाव नेशनल बैंकको प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत पदमा एसएस मल्किार्जुन राव नियुक्त भएका छन् । भारत सरकारले रावलाई तीनवर्षको लागि प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
यो भन्दा अगाडि राव इलाहावाद बैंकको एमडी तथा सीईओ पदमा कार्यरत थिए । उनले सन् १९८५ मा महाराष्ट्र बैंकबाट बैंकिङ करिअरको सुरुवात गरेका थिए ।
पिएनबी भारतको दोस्रो सबैभन्दा ठूलो सरकारी बैंक हो । यो बैंकले नेपालको एभरेष्ट बैंकमा २० प्रतिशत सेयर लगानी गरेको छ ।



