ह्याकरको विगविगी : जर्मन बैंकबाट १.५ मिलियन युरोको चोरी

बैंकिङ खबर । जर्मनीमा डेविट कार्ड प्रयोग गरी ह्याकरहरुले १.५ मिलियन युरो अर्थात् १९ करोड नेपाली रुपैयाँ चोरी गरेका छन् । जर्मनीमा ब्राजीलको अपराधिक समूहले डेबिट कार्डको प्रयोगबाट चोरी गरेको हो । उक्त समूहले जर्मन बैंक ओएलबीले जारी गरेको मास्टरकार्ड प्रयोग गरी २ हजारभन्दा बढी ग्राहकका खाताबाट उक्त रकम चोरी गरेको खुलेको छ । बैंकले पुरानो सबै कार्ड ब्लक गरेर त्यसको ठाउँमा नयाँ कार्ड परिवर्तन गर्ने बताएको छ । मास्टर कार्डले पनि यस विषयमा छानविन थालेको छ । नेपाल र भारतका एटिएम ह्याक गरी चिनियाँ ह्याकरहरुले करोडौँ चोरी भएको घटनाको छानविन सकिन नपाउँदै जर्मनीमा भएको यस घटनाले साइबर सेक्युरिटीमा चुनौती थपेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.