September 1st, 2019

भारतका १० सरकारी बैंक मर्ज भएर चार बन्दै

बैंकिङ खबर । भारतका १० वटा सरकारी बैंकहरु मर्ज भएर चार वटा बन्ने भएका छन् । भारतकी वित्त मन्त्री निर्मला सितारमणले शुक्रबार मात्रै सरकारी स्वामित्वका १० बाणिज्य बैंकलाई मर्ज गराएर चार वटा बैंक बनाउने घोषणा गरेकी छिन् ।

पन्जाब नेशनल बैक, ओरिएंटल बैंक अफ कमर्श, युनाइटेड बैंक एक हुने भएका छन। यी तिन मिलेर बन्ने बैंक भारतमै तेस्रो ठुलो बैंक हुनेछ भने त्यसको व्यवसायको आकार १७.९५ लाख करोड भारु हुने छ।

त्यस्तै युनियन बैंक इन्डिया, आन्ध्रा बैंक र कर्पोरेशन बैंक मर्ज भएर भारतमै पाँचौं ठुलो बैंक बन्नेछ। यसको व्यवसायको आकार १४.५९ लाख करोड हुनेछ।

इन्डियन बैंकको बिलय इलाहाबाद बैंकसंग भई भारतमै सातौँ ठुलो बैंक बन्ने छ भने यसको ब्यवसायको आकार ८.०८ लाख करोड हुनेछ।

क्रममा केनरा बैंक र सिन्डिकेट बैंकको पनि मर्ज्रबाट भारतको चौथो ठुलो बैंक बन्ने भएका छन् । यसको व्यवसायको आकार १५.२० लाख करोड हुने बताइएको छ।

सरकारी स्वामित्वका १० बैंक मर्जर तथा प्राप्तिमा जाँदा यी बैंकका कर्मचारीहरुको रोजगारी नजाने वित्त मन्त्री सितारमणले बताएकी छिन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]