बैंकिङ खबर । गाडीहरुको कुम्भ मेला मानिने ’नाडा अटो शो’ मंगलबारदेखि चलिरहेको छ । चारपांग्रे, दुई पांग्रे र सवारीसंग सम्बन्धित कम्पनी गरि ९५ ब्राण्डको सहभागिता रहेको मेलामा ११ वटा वाणिज्य बैंक, एउटा विकास बैंक र एउटा बीमा कम्पनीले पनि सहभागिता जनाएका छन् । नाडा अटो शोबाट सवारी खरिद गर्नेलाई सहभागी बैंक र बीमा कम्पनीले सेवा प्रदान गर्नेछन् ।
कुन बैंकले कति व्याजदरमा दिँदैछ कर्जा ?
सांग्रिला डेभलपमेन्ट बैंक : ११.६६ प्रतिशत
बैंक अफ काठमाडौं : ११.४८ प्रतिशत (८ वर्षका लागि)
माछापुच्छ्रे बैंक : १०.९९ प्रतिशत (१० वर्षका लागि)
लक्ष्मी बैंक : १०.५० प्रतिशत (तीन वर्षपछि आधार व्याजदरमा दुई प्रतिशत थपिने)
सानिमा बैंकः १०.४९ प्रतिशत (नौ वर्षका लागि)
ग्लोबल आईएमई र जनता बैंक : ९.९९ प्रतिशत (७ वर्षका लागि)
हिमालयन बैंक : ९.९५ प्रतिशत (८ वर्षका लागि)
एभरेष्ट बैंक : ९.६६ प्रतिशत (७ वर्षका लागि)
एनआईसी एशिया बैंक : इलेक्ट्रिक गाडीका लागि ९.५९ प्रतिशत र इन्धनीय गाडीका लागि बैंकले १०.५९ प्रतिशत (१५ वर्षका लागि)
नविल बैंक : इलेक्ट्रिक गाडीका लागि ९.५९ प्रतिशत र इन्धनीय सवारीका लागि १०.५९ प्रतिशत (सात वर्षका लागि)
स्टान्डर्ड चार्टर्ड बैंक : ९.३९ प्रतिशत
