Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

जारी निर्देशिकामा पुनर्विचार गर्न राष्ट्र बैंकलाई बैंकर्स संघको आग्रह

२०७६ श्रावण २२ गते

बैंकिङ खबर । नेपाल बैंकर्स संघले राष्ट्र बैंकले तोकेको निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर (स्प्रेड) दर गणनामा पुनर्बिचार गर्न राष्ट्र बैंकलाई आग्रह गरेको छ । संघले राष्ट्र बैंकद्धारा सोमबार जारी परिपत्र मार्फत् कार्यान्वयनमा ल्याएको स्प्रेड को नयाँ गणना विधिले बैंकिङ क्षेत्रमा मात्रै नभई अर्थतन्त्रमै समस्या पर्ने निष्कर्श निकाल्दै पुनर्बिचार गर्न आग्रह गरेको हो ।

बुधबार बिहान १० बजेदेखि सवा ११ बजेसम्म बैंकर्समा २८ वटै बैंकका प्रमुख तथा बैंकका प्रतिनिधी बिच बैठक भएको थियो । उक्त बैंठकले राष्ट्र बैंकले लागू गरेको स्प्रेड दरको सुत्र परिवर्तन, बैंकले बीमा अभिकर्ताको काम गर्न नपाउने, बफर पुंजीकोष कायम गर्नुपर्ने जस्ता व्यवस्थाले बैंकको मुनाफा ३० अर्ब रुपैयाँ अर्थात २५ प्रतिशतले घट्न सक्ने निष्कर्ष निकालेको संघले जनाएको छ ।

त्यस्तै बैंकले बिमा अभिकर्ता बन्न नपाउने नियम पनि व्यवहारिक नभएको बैंकर संघको निष्कर्ष छ । राष्ट्र बैंकद्धारा जारी निर्देशिकामा उल्लेख स्प्रेड दरको सुत्र परिवर्तन, बैंकले बीमा अभिकर्ताको काम गर्न नपाउने, बफर पुंजीकोष कायम गर्नुपर्ने जस्ता व्यवस्थाले बैंकहरुको लगानीको साइज र मुनाफा घट्ने देखिएको भन्दै बैंकर संघले २८ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारीलाई छलफलको लागि बोलाएको थियो ।