बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालकको लागि उमेर हद तोकेको छ । संचालकका लागि ७० वर्ष र प्रमुख कार्यकारी अधिकृतका लागि ६५ वर्ष उमेर हद तोकिएको छ ।
७० वर्ष नाघेको व्यक्ति इजाजतप्राप्त संस्थाको संचालक पदमा नियुक्त, पुनःनियुक्त तथा मनोनित हुन योग्य हुने छैन । साथै ७४ वर्ष नाघेको व्यक्ति संचालक पदमा बहाल रहन सक्ने छैन । राष्ट्र बैंकले भनेको छ ।
त्यस्तै, ६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त वा पुनःनियुक्त हुन योग्य नहुने र ६९ वर्ष नाघेको व्यक्ति प्रमुख कार्यकारी अधिकृत पदमा बहाल रहन नसक्ने राष्ट्र बैंकले जनाएको छ ।