Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२ अर्ब ८ करोड लागतमा राष्ट्र बैंकको भवन निर्माण हुँदै

२०७६ असार २३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको नयाँ भवनको शिलान्यास भएको छ । बैंकको मुख्य कार्यलय रहेको स्थान वालुवाटारमा नै उक्त भवनको शिलान्यास राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।

कूल दुई अर्ब आठ करोड रुपैयाँको लगानीमा साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण हुने सो भवन अत्याधुनिक हुने बैंकले जनाएको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने सो भवन प्राधिकरणको केन्द्रीय कार्यान्वयन एकाइको बजेटबाट बन्न लागेको हो ।