June 26th, 2019

सबैभन्दा धेरै तलब खाने संसारका पाँच बैंकर्स

बैंकिङ खबर । बैंकमा काम गर्नेहरुको कमाई धेरै हुन्छ भन्ने कतिपयको सोचाई हुने गरेको छ । अझै बैंकका सीईओको तलब त कति होला ? नेपालका सीईओहरुको कमाई लाखौँको छ । तर, विश्वका यस्ता सीईओहरु छन् जसको कमाई मिलियन डलरमा हुन्छ । धेरै तलब खाने सीईओहरु प्राय अमेरिकाका ठूला बैंकमा काम गर्छन् । त्यस्तै, बेलायत र स्विस बैंकहरुमा काम गर्ने बैंकरको तलब पनि आकर्षक रहेको छ ।

धेरै तलब खाने सीईओहरु प्रायः पुरुष छन् । धेरै तलब भएका संसारका २० सीईओ मध्ये १९ जना पुरुष रहेका छन् । उक्त सूचिमा अटाएकी एक मात्रै महिला टिडजेन थियाम हुन् । स्विस बैंकमा काम गर्ने उनी उक्त सूचिमा एक मात्रै ब्ल्याक मेम्बर समेत हुन् । संसारमै सबैभन्दा धेरै पारिश्रमिक भएका बैंकिङ क्षेत्रका पाँच सीईओहरु र उनीहरुको वार्षिक पारिश्रमिक यहाँ प्रस्तुत गरिन्छः

जेमि डिमन
जेमि डिमन जेपी मोर्गन चेजका सीईओ हुन् । उनी २८.२ मिलियन अमेरिकी डलर तलब लिन्छन् ।

जेम्स गोर्मन
मोर्गन स्ट्यान्लीका सीईओ जेम्स गोर्मनको तलब २२.५ मिलियन अमेरिकी डलर रहेको छ ।

लोयड ब्लाङ्फिन
२२.३ मिलियन अमेरिकी डलर पारिश्रमिक लिने लोयड ब्लाङ्फिन गोल्डम्यान सच्सका सीईओ हुन् ।

ब्रियान मोएनिहान
बैंक अफ अमेरिका मेरिल लिन्चका सीईओ ब्रियान मोएनिहानले २०.२ मिलियन अमेरिकी डलर तलब बुझ्ने गरेका छन् ।

माइकल कोरबट
सिटि ग्रुपका सीईओ माइकल कोरबटले १५.५ मिलियन अमेरिकी डलर पारिश्रमिक पाउँछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]