२०७५ माघ १४ गते

पाँच सय दरका युरो नोट प्रतिवन्ध, वैधानिकता भने कायमै  

बैंकिङ खबर। युरोपेली केन्द्रीय बैंक (इसीबी) ले ५ सय दरको युरो नोट विस्थापन गर्ने भएको छ । बढदो क्यासलेस कारोबारका कारण ५०० दरका नोट प्रयोगमा कमि हुन थालेपछि इसीबीले उक्त नोट हटाउन थालेको हो । 

केन्द्रीय बैंकले ५ सय दरका नोटहरु सबैभन्दा बढी अपराधीहरुले प्रयोगमा लयाउने गरेको दावी गरेको छ । तर कतिपय नागरिक जसले नगदमै कारोबार गर्न रुचाउछन उनिहरुलाई भने कारोबारमा अप्ठेरो पर्ने देखिन्छ । 

जर्मनी र अष्ट्रियाका केन्द्रीय बैंकहरुले केही समय नोट प्रयोगमा ल्याउने तयारी गरेपनि बाँकि १९ मध्ये १७ वटा युरोपेली मुलुकहरुले बैजनी रङ्गको ५ सय दरका नोटहरु आइतबार देखि नै प्रयोग गर्न छाडेका छन् । इसीबीका अनुसार नोट प्रयोगमा सहजता लयाउन जर्मनी र अष्ट्रियामा अप्रिल २६ सम्म नोटहरु प्रयोगमा आउने छन् । 

इसीबीको यो निर्णयले युरोपेली क्षेत्रका अन्य मुलुकहरुले पनि नोटको प्रयोग बन्द गर्नेछन् । इसीबीले ५ सय दरका नोटको प्रयोग बन्द गरेपछि अन्य साना नोटहरुको संख्या बढाउने छ । इसीबीले भनेको छ नोट विस्थापित गर्न लागेपनि मानिसहरुले भरमा ५ सयका नोट राख्न डराउनु नपर्ने जनाएको छ । बैंकले यी सबै नोटको वैधानिकता भने सुनिश्चित गरेको छ ।