Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंकद्धारा अर्चलबोट आमा समूहलाई डस्ट्विन प्रदान

२०७५ पुष ९ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंक लिमिटेडले पोखरा–२ अर्चलबोट स्थित अर्चलबोट आमा समूहलाई एक कार्यक्रमकाबीच डस्टविन लगायतका सरसफाइका सामग्री प्रदान गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रामेश्वर मल्लको अध्यक्षतामा आयोजित एक समारोह बीच बैंकका सञ्चालकद्वय सदस्य चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा पूर्व संचालक विष्णु राज पराजुलीले संयुक्त रुपमा आमा समूहका अध्यक्ष कल्पना पराजुलीलाई उक्त सामग्री हस्तान्तरण गरे । 

आमा समूहको महत्वपूर्ण भूमिकाले भविष्यमा सकरात्मक परिवर्तन ल्याउने सक्ने र बैंकले उक्त सामाग्रीहरुको पूर्ण सदुपयोग हुने विश्वास लिएको सञ्चालक सदस्य चतुराखर अधिकारीेल व्यक्त गरे । 

उक्त कार्यक्रममा सञ्चालक देवकृष्ण काफ्लेले स्वच्छ सफा पोखरा अभियान अन्र्तगत पोखरा महानगरपालिका वडा नं. २ अन्तर्गतका सडकहरुमा सरसफाइमा सहयोग पु¥याउने उद्देश्यले  उक्त सामाग्रीहरु प्रदान गरेको बताए । 
 

Ad