Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

रुपन्देहीको ठुटेपिपलमा नेपाल बैकको शाखा पुनस्थापना , स्थानीयवासी हर्षित

२०७५ पुष ४ गते

बैंकिङ खबर । नेपाल बैक लिमिटेडले (नेवैली ) प्रदेश नम्वर ५ रुपन्देही जिल्ला ओम सतिया गाउँपालिका वडा नं १ ठुटेपिपलमा शाखामा पुनस्र्थापना गरेको छ । उक्त पुनस्र्थापित शाखाको उद्घाटन नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र नेपाल राष्ट्र  बैक सिध्दार्थनगर रुपन्देहीका निर्देशक अशोक पौडेलले एक विशेष समारोहका बीच संयुक्त रुपमा गरे । 

उक्त समारोहमा बोल्दै, नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शाहले पुनस्थापित शाखाले स्थानीय जनतालाई वचत,आय आर्जन तथा उद्यमशीलता विकासमा सहयोग पु¥याउने अपेक्षा प्रकट गरे ।

नेपाल बैक लिमिटेड ठुटेपिपल शाखा प्रवन्धक झविन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेवैली भैरहवाका तुलाराम गुरुंगले स्वागत मन्तव्य दिए । उक्त समारोहमा नेपाल बंैक लिमिटेड प्रधान कार्यालयका संस्थागत योजना तथा अनुसन्धान विभागका प्रमुख लेखनाथ भुसाल, नेपाल बैक लिमिटेड प्रादेशिक कार्यालय (प्रदेश नम्बर ५ ) का प्रमुख पासांग दोर्जे शेर्पा , ओम सतिया गाउंपालिकाका अध्यक्ष हिरा केवट ,स्थानीय वडा नं १ अध्यक्ष वेलबहादुर वराल र वयोवृध्द गौमती पुन लगायतको आतिथ्य रहेको उक्त कार्यक्रममा निकट क्षेत्रका उद्यमी व्यापारी किसान तथा स्थानीय सर्वसाधारणको राम्रो उपस्थिति थियो ।
कार्यक्रममा स्थानीय अधिकांश वक्ताहरुले झण्डै दुई दशकपछि बैक फर्केकोमा अपार खुशी प्रकट गरेका थिए । 

हाल बैकले देशका ५९ जिल्लामा १५४ शाखा ८१ वटा एटिएम सेवा विन्दु मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा दिदै आइरहेको छ । 

                                                                                                                                                                                                                                                                                                                      
 

Ad