Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकद्धारां वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७५ पुष ३ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । बैंकले“आजको आवश्यकता,विद्यार्थीहरुमा वित्तीय साक्षरता”भन्ने मुल आशयले २१५ औ वित्तीय साक्षरता कार्यक्रम सत्यनारायण माध्यमिक विद्यालय, विराटनगरमा सम्पन्न गरेको हो ।

विगतमा आफ्नो कार्यक्षेत्र भित्रका स्थानियहरुलाई यस कार्यक्रममा सहभागी गराउदै आएको बैंकले गत आर्थिक वर्ष देखि विद्यार्थीहरुमा समेत  वित्तीय साक्षरता कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्दै आइरहेको छ । 

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग, सफानोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायत विभिन्न विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । साथै, विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुलखर्च कमगर्न सकिन्छ भन्ने पनि कार्यक्रमको विषय वस्तुमा समावेश गरिएको थियो ।

बैंकले हालसम्म २१५ स्थानमा करीब ४०००० जना स्थानीय तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराइसकेका छ । 
 

Ad