बैंकिङ खबर । ग्लोबल आइएमई बैंक लिमिटेडले पौष १ गते काभ्रे जिल्लाको बेथानचोक स्थित नयाँ शाखाको औपचारिक समुद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन् माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले गरे ।
उक्त शाखाको औपचारिक समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले बेथानचोक लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए ।
शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी दिदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्धेश्य रहेको समेत बताए ।
कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीय वासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
हाल बैंकले १३३ शाखा, १४१ एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा रहित बैंकिङ सेवा तथा विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।