बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेड र स्टार हस्पिटल बीच सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुशिल कुमार शर्मा र अस्पतालका तर्फबाट सि. ओ. ओ. डा. सन्देश जि.सिले हस्ताक्षर गरे ।
बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई उक्त अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
बैंकका सम्पुर्ण ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको परिचय पत्र देखाइ अस्पतालका सुविधा उपयोग गर्न सक्नेछन् ।
हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । बैंकले चालु आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने बैंकले जनाएको छ ।