बैंकिङ खबर । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाको चार बर्षको कार्यकाल समाप्त भइको छ । वि.स २०७१।०८।२८ गते देखि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियूक्ति भई वि.स २०७५।०८।२७ गते सम्म कृषि विकास बैंकको नेतृत्व लिई बैंकको समग्र व्यवसाय विस्तार तथा बैंक भित्र सु–शासन कायम गरी बैंकलाई उच्च मुनाफामा पुर्योइ अग्रणी बैंकको रुपमा स्थापीत गर्दै आफ्नो ४ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी मिति २०७५।०८।२७ गते उनलाई बैंकले बिदाई गरेको हो ।
कृषि विकास बैंक लिमिटेडका उच्च व्यवस्थापनका रुपमा रहेका उप–महाप्रबन्धकहरु पूर्ण प्रसाद आचार्य, अरुण कुमार ढुंगाना, प्रताप सुवेदी, चुडामणी तिमिल्सेनाका साथै, विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको समउपस्थितीमा बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलालाई बिदाई गरेको थियो ।
आफूले बैंकको नेतृत्व समाल्दा खासगरी, जनशक्तीको भर्ना, पदस्थापन, बढुवा तथा सरुवामा रहेको व्यथित, निष्कृय कर्जाको मात्रा स्वीकार योग्य सिमाभन्दा बढी हुनु, लामो समय देखि बांकी रहेको बैंक हिसाव भिडान, लामो समय देखि फछर्यौट हुन नसकेको कर दायित्व, अधिकांश शाखामा CBS -Core Banking System_ लागु नभएको अवस्था, आधुनिक बैकिङ्ग सेवाको रुपमा उपलव्ध गराउनु पर्ने बैंकिङ्ग सेवाहरु उपलव्ध हुन नसकेको लगायतका विविध समस्याहरु रहेका थिए । उल्लेखित समस्याहरुलाई कर्मचारीको पूर्ण सहयोगमा समस्या समाधान गर्दै कृषि विकास बैंकलाई प्रतिस्पर्धि बैकिङ्ग बजारमा बलीयो र शसक्त बैंकको रुपमा स्थापीत गराउन सकेकोमा आफुलाई सन्तोष महसुश गरेका छन् ।
बैंकिङ्ग व्यवसायका लागि आगामी दिनहरु पनि अझ बढी चुनौती पूर्ण रहेकोले सम्पूर्ण बैंक कर्मचारीहरुलाई इमान्दारी पूर्वक, विधि सम्बत ढंगले ग्राहक सन्तुष्टीलाई सर्वोपरी ठानी कार्य गर्नुपर्ने भनि सुझाव दिंदै आगामी दिनमा पनि बैंकले उच्च प्रगती हांसिल गर्न सकोस भनि शुभकामना समेत व्यक्त गरे ।
विदाई कार्यक्रममा बोल्दै, बैंकका उप–महाप्रबन्धक द्धय पूर्ण प्रसाद आचार्य र प्रताप सुवेदीले बैंकमा लिला प्रकाश सिटौलाको नेतृत्वमाथी गौरव व्यक्त गरेका छन् । कार्यकारी अधिकृत सिटौलाको नेतृत्व पश्चात ४ वर्षमा भएको व्यापक सुधारहरुको कारणले आर्थिक वर्ष २०७४/७५ सम्म आईपुग्दा क्रमशः निष्कृय कर्जाको मात्रा करिव ६ प्रतिशतबाट २ प्रतिशतमा आएको, कर्जा लगानी ६५ अर्वबाट बृद्धि भई १ खर्व १ अर्व पुगेको, ६६ अर्वको निक्षेपलाई बढाएर करिब १ खर्व ५ अर्व पुराएको, लामो समयदेखि फछर्यौट हुन नसकेको करिव ४ अर्ब ७५ करोड बराबरको कर दायित्व हिसाव फछ्र्यौट भएको ,लामो समय देखि फछर्योट हुन नसकेको हिसाव भिडान कार्य पूर्णरुपमा सम्पन्न भएको,शाखा कार्यालय विस्तार गरी कार्यालय संख्या २६५ पुराइएको, अधिकांश शाखा कार्यालयमा आधुनिक प्रविधिहरु भित्रिएको साथै, आगामी दिनमा पनि बैंकको समग्र उन्नतिका लागि राय,सल्लाह सुझाव निरन्तर रुपमा बैंकलाई उपलव्ध गराउन अनुरोध समेत गरे ।