December 13th, 2018

कैलाश विकास बैंकले ल्यायो नयाँ योजना :मुद्धती निक्षेपमा १२.५ प्रतिशत व्याज

बैंकिङ खबर । कैलाश विकास बैङकले १.५ गुणा मुद्धती निक्षेप योजना सार्वजनिक गरेको छ । उक्त  योजनामा सहभागी निक्षेपकर्ताले जम्मा गरेको निक्षेपको ३ वर्ष ३ महिनामा डेढ गुणा रकम प्राप्त गर्न सक्ने बैङकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । 

एक लाखको न्युनतम मौज्दातमै यो निक्षेप योजनामा सहभागी हुन सकिने बैंकले बताएको छ । साथै,  बैंकले कैलाश स्पेशल फिक्स डिपोजिट योजना पनि ल्याएको  छ । जसमा संस्थागत निक्षेपकर्ताका लागी ११.७५प्रतिशत  र व्यक्तिगत निक्षेपकर्ताका लागी १२.५० प्रतिशत व्याज दिइनेछ भने निक्षेप अवधी १ देखि ३ वर्ष रहने बताइएको छ । यी निक्षेप योजनाहरु सिमित अवधीका लागी मात्र रहने बैंकले जनाएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]