Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकद्वरा वुमन एक्टलाई आर्थिक सहयोग 

२०७५ मंसिर २६ गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वुमन एक्ट नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । उक्त आर्थिक सहयोग एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले रू एक लाखको चेक संस्थाका संचालक सृजना अधिकारीलाई हस्तान्तरण गरिन् ।

भुकम्प प्रभावित क्षेत्रका महिलाहरूलाई आर्थिक रूपले सबल बनाउनका निम्ति उक्त रकमप्रयोग गरिने कुरा संस्थाका संचालक  अधिकारीले बताइन् । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक जस्ता विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने खालका कार्य गर्नका लागि बैंकले सहयोग गर्ने कुरा बैंकले जनाएको छ । 

Ad