बैंकिङ खबर । बैंकको एटीएम तोडफोड गर्ने एकजनालाई प्रहरीले काठमाडौंबाट पक्राउ पगरेको छ । गत मंसिर ११ गते नयाँ बानेश्वरमा रहेको मुक्तिनाथ विकास बैंकको एटीएम तोडफोड गरेको आरोपमा सिरहाका किशोर यादव पक्राउ परेका हुन् । उनले पैसा चोर्ने उद्धेश्यले फलामको रडले एटीएम मेसिन फोड्ने प्रयास गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।