Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

छिमेक लघुवित्तको साधारणसभा कात्तिक २४ गते, लाभांश पारित गरिँदै

२०७४ आश्विन २९ गते
सेयर:

संचालक समितिद्धारा प्रस्तावित लाभांश पारित गर्न छिमेक लघुवित्त विकास बैंक लिमिटेडले कार्तिक २४ गते १६औं बार्षिक साधारणसभा डाकेको छ । बैंकको संचालक समितिले गत आर्थिक बर्षको नाफाबाट हाल कायम भएको चुक्ता पूँजीको २५.११ प्रतिशतबाट हुन आउने २० करोड ९४ लाख रुपैयाँ नगद लाभांश र चुक्ता पूँजीको १९.८९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले एक अर्ब रुपैयाँ रहेको अधिकृत पूँजीलाई बढाएर दुई अर्ब पुर्याउने जनाएको छ । 

साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक ६ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । जसअनुसार, कात्तिक ५ गतेसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् । 

सोही साधारणसभामा बैंकले सर्बसधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने एक जना संचालक निर्वाचन प्रकृयाबाट निर्वाचन गर्ने भएको छ । निर्वाचन प्रकृयामा भाग लिनको लागि बैंकको न्युनतम एक सय कित्ता सेयर हुनुपर्नेछ ।