२०७४ श्रावण १७ गते

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरले बढ्यो

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्चर दरले बढेको छ । सोमबार सुनको मूल्य विगत साताकै उच्चनजिक पुगेको थियो । अमेरिकाको राजनीतिक अनिश्चितताका कारण डलरको मूल्यमा गिरावट आएपछि सुन महगिँदै गएको हो । सोमबार डलरको मूल्य यो वर्षकै न्युननजिक पुगेको थियो । 

अमेरिकी राजनीतिक चिन्ताले तत्काल ट्रम्पको प्रोत्साहन र कर सुधारको एजेन्डा लागू  नहुने अवस्था आउने भएको छ । जसको प्रत्येक्ष प्रभाव डलरमा परेको छ । डलरको मूल्य १३ महिनाकै न्यून नजिक कायम भएको छ ।

खुद्रा सुनको मूल्य प्रतिऔंस १ हजार २ सय ५४ डलर ३१ सेन्टमा कायम भएको छ । अगस्ट आपूर्तिको सुनको मूल्य लगभग अपरिवर्तनीय अर्थात् प्रतिऔंस १ हजार २ सय ५४ डलर ७० सेन्ट कायम भएको छ । अन्य बहुमूल्य धातुमा चाँदीको मूल्यमा ०.३ प्रतिशतको गिरावट आएर प्रतिऔंस १६.४२ डलर कायम भएको छ ।प्लाटिनमको मूल्यमा पनि ०.४ प्रतिशतको गिरावट आएर प्रतिऔंस ९२९.४० डलर कायम भएको छ । यसैगरी प्लाटियमको मूल्यमा पनि ०.२ प्रतिशतको गिरावटसहित प्रतिऔंस ८४३.०८ डलर कायम भएको छ ।