२०७४ जेष्ठ २२ गते

स्वीडेनको १०० र ५०० दरका नोट अब नचल्ने, तपाईँसँग छ भने साटिहाल्नुहोस्

स्वीडेनको केन्द्रीय बैंकले २००१ देखि २०१६ अक्टुबर ३ गतेसम्म जारी नोट हटाउने निर्णय गरेको छ। स्वीडेनले स्वीडिस क्रोनर १०० र ५०० दरका नोट हटाउने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकले सोमबार विज्ञप्ति जारी गर्दै जेठ २८ गतेसम्म नोट साटिसक्न आग्रह गरेको छ। एक स्वीडिस क्रोन बराबर ११ रुपैयाँ ८८ पैसा हुन्छ।