May 26th, 2017

लेखा समितिले एनसेललाई फोरजी संचालनमा रोक लगायो 

एनसेललाई फोरजी सेवा सञ्चालन गर्न रोक लगाइएको छ । व्यवस्थापिका सांसदको सार्वजानिक लेखा समितिले एनसेललाई फोरजी सेवा सञ्चालन गर्न रोक लगाउँदै दुरसंचारलाई पत्र पठाएको छ । ‘राज्यलाई तिर्नुपर्ने कर असूल नभएसम्म फोरजी सेवा सञ्चाल गर्न नदिनु भन्दै शुक्रबार दूरसञ्चार प्राधिकरणलाई समितिले पत्र पाएको हो । एनसेलले ६ महिनादेखि फोरजी सञ्चालनको अनुमति माग्दै प्राधिकरणमा आवेदन दिएको थियो ।सोही अनुसार एनसेललाई फोरजी सेवा सञ्चालनको अनुमति दिइएको  थियो । यही जेठ १८ गतेदेखि एनसेलले फोरजी सेवा सञ्चालन गर्न लागेको अबस्थामा लेखा समितिले यस्तो पत्राचार गरेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]