May 5th, 2017

डेभलपमेन्ट बैंकर्स एशोसियसनमा नयाँ नेतृत्व, अध्यक्षमा भरत ढकाल

डेभलपमेन्ट बैंकर्स एशोसियसनको अध्यक्षमा भरत ढकाल निर्बाचित भएका छन् । ११ औ साधारण सभाले अध्यक्ष पदमा ढकाललाई निर्वाचित गरेको हो । उनी मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । ढकाल बैंकिङ क्षेत्रमा एक स्थापीत व्यक्तित्व हुन् । पोखराबाट सुरु भएको मुक्तिनाथ विकास बैंकलाई काठमाडौंमा मुख्य कार्यालय स्थापीत गरी राष्ट्रिय स्तरको सफल बैंक बनाएका उनलाई जागरुक यूवा बैंकर्सका रुपमा लिइन्छ ।   त्यसैगरी सभाले गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाललाई प्रथम उपाध्यक्ष र साइनरेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेललाई दृतिय उपाध्यक्षमा निर्बाचित गरेको छ । यसैगरी महासचिवमा भिबोरसोसाइटि डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई निर्वाचित गरेको छ भने सचिवमा फेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम थापालाई निर्वाचित गरेको छ । कोषध्यक्ष पदमा प्रदीपकुमार श्रेष्ठलाई निर्बाचित गरेको छ । उनी तिनाउ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्  ।  यसअघि डेभलपमेन्ट बैंकर्स एशोसियसनको अध्यक्षमा कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने रहेका थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]