March 20th, 2017

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति 

(आर्थिक वर्ष २०७४ को सात महिनासम्मको तथ्याङ्कमा आधारित) 
समष्टिगत आर्थिक परिदृश्य 
१) आर्थिक वर्ष २०७४ को सात महिनासम्ममा कृषि, उद्योग तथा सेवा क्षेत्रका गतिविधिहरुमा सुधार देखिएको छ । 
२) उपलब्ध पछिल्ला तथ्याङ्कहरुलाई आधार मान्दा समीक्षा अवधिमा फलफूल तथा तरकारी बालीको उत्पादन वृद्धि हुने देखिएकोले समग्र कृषिजन्य उत्पादनमा थप सकारात्मक प्रभाव पर्ने अनुमान छ । 
३) उर्जा आपूर्तिमा सुधार आएकोले औद्योगिक उत्पादनमा वृद्धि हुने तथा उद्योगहरुको क्षमता उपयोग समेत बढ्ने अपेक्षा गरिएको छ । 
४) पर्बतारोहण तथा पदयात्राको मौसम शुरु हुन लाग्दा पर्यटक आगमन संख्यामा वृद्धि हुँदै गइरहेको छ । समीक्षा अवधिमा होटलहरुको औसत अकुपेन्सी दर ४५ प्रतिशतकोहाराहारीमा रहेको अनुमान छ । 
५) नेपाल सरकार, उद्योग विभागले २०७३ माघ मसान्तसम्मको सात महिनाको अवधिमा कुल रु. ८ अर्ब ४१ करोडको संयुक्त वैदेशिक लगानी प्रतिवद्धता भएका १९९ परियोजनाहरुलाई स्वीकृति प्रदान गरेको छ । अघिल्लो वर्षको तुलनामा उक्त रकममा २४.३ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा प्रतिवद्धता आएका उक्त परियोजनाहरुबाट ५७८५ जनाले रोजगारी प्राप्त गर्ने अपेक्षा रहेको छ । 
६) समीक्षा अवधिमा वैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा १५.१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा २०७३ माघमा यस्तो कर्जा ३२.९ प्रतिशतले बढेको छ । 
७) वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दर ३.३ प्रतिशत कायम रहेको छ । तथापि कच्चा तेलको मूल्य वृद्धिका कारण भारतीय मुद्रास्फीतिमा पर्न थालेको चापको प्रभाव आउँदा महिनाहरुमा नेपालको मुद्रास्फीतिमा समेत पर्न सक्ने देखिन्छ । 
८) सरकारी वित्त स्थिति सुधारोन्मुख छ । राजस्व परिचालनको वृद्धिको तुलनामा सरकारी खर्चको वृद्धिदर न्यून रहेकोले २०७३ माघ मसान्तसम्ममा सरकारको ढुकुटीमा रु.२०१ अर्ब ६१ करोड नगद मौज्दात रहेको छ । 
९) विदेशी विनिमय सञ्चिति सुविधाजनक अवस्थामा रहेको छ । २०७३ माघ मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु. १०७७ अर्ब ४७ करोड रहेको छ । यस्तो सञ्चिति १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 

१०) २०७३ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०७२ माघ महिनाको ११.३ प्रतिशतबाट ३.३ प्रतिशतमा झरेको छ । 
११) गत वर्षको आधार मूल्य प्रभाव, आपूर्ति व्यवस्थामा सहजता तथा भारतमा उपभोक्ता मुद्रास्फीतिदर न्यून रहेको कारण पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीति निरन्तर घट्दै आएको छ । 

खाद्य मुद्रास्फीति 
१२) समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.२ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १२.८ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडी र घ्यू तथा तेल दुबैको मूल्यमा ८.४ प्रतिशत, तरकारीको मूल्यमा ५.८ प्रतिशत, मासु तथा माछाको मूल्यमा २.४ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा ०.४ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १६.५ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.५ प्रतिशतले वृद्धि भएको छ । 

गैर–खाद्य मुद्रास्फीति 
१३) समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति १०.१ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गत लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, शिक्षा, सञ्चार, यातायात लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
१४) क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.९ प्रतिशत, हिमालमा ३.२ प्रतिशत, तराईमा ३.० प्रतिशत, र काठमाडौं उपत्यकामा १.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ११.४ प्रतिशत, हिमालमा १०.५ प्रतिशत, तराईमा ९.६ प्रतिशत र काठमाडौं उपत्यकामा १४.३ प्रतिशत रहेको थियो । 

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर 
१५) २०७३ माघ महिनामा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७ प्रतिशत रहेकोमा नेपालको मुद्रास्फीति ३.३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको उपभोक्ता मुद्रास्फीति भारतको भन्दा ०.४ प्रतिशत विन्दुले कम रहेको छ । गत वर्षको आधार मूल्यको प्रभावका कारण नेपालमा भारतमा भन्दा कम मुद्रास्फीति देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ११.३ प्रतिशत र ५.२ प्रतिशत रही दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ६.१ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
१६) समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर १.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६.९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ०.८ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.७ प्रतिशत र आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ११.५ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६.५ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क २.६ प्रतिशतले घटेको थियो । 

राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क 
१७) समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १४.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ४.५ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा १८.९ प्रतिशत र ज्यालादर सूचकाङ्कमा १३.० प्रतिशतले वृद्धि भएको छ । नेपाल सरकारले निजामती कर्मचारीको तलब वृद्धि गरेकोले तलब तथा ज्यालादर सूचकाङ्कमा उच्च वृद्धि भएको हो । तलबअन्तर्गत निजामती सेवा, सैनिक तथा प्रहरी बल र सार्वजनिक संस्थान उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः २४.२ प्रतिशत, २३.६ प्रतिशत र २१.७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ज्यालादरअन्तर्गत निर्माण मजदूर, कृषि मजदूर र औद्योगिक मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः १४.० प्रतिशत, १३.५ प्रतिशत र ११.६ प्रतिशतले वृद्धि भएको छ । 

बाह्य क्षेत्र वैदेशिक व्यापार 
१८) आर्थिक वर्ष २०७४ को सात महिनासम्ममा कुल वस्तु निर्यात १५.२ प्रतिशतले वृद्धि भई रु. ४२ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारततर्फ १८.२ प्रतिशत, चीनतर्फ ५४.२ प्रतिशत र अन्य मुलुकतर्फ ९.७ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, रोजिन, जि.आई.पाईप लगायतका वस्तुको निर्यात बढेको छ भने अलँैची, पोलिष्टर यार्न, तरकारी, अदुवा लगायतका वस्तुहरुको निर्यात घटेको छ । 
१९) समीक्षा अवधिमा कुल वस्तु आयात ६०.८ प्रतिशतले बढेर रु. ५५६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ८०.१ प्रतिशत, चीनबाट भएको आयात ३१.९ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ३४.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एम.एस विलेट, सिमेन्ट, लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधी, कोल्डरोल सिट ईन क्वाईल, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ । 
२०) भन्सार नाकाका आधारमा भैरहवा भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र विराटनगर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा मेची भन्सार, कैलाली भन्सार, विराटनगर भन्सार र नेपालगञ्ज भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 
२१) समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ६६.२ प्रतिशतले बढी रु. ५१३ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २०.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत रहेको थियो । 

निर्यात आयात मूल्य सूचकाङ्क 
२२) आर्थिक वर्ष २०७४ को सात महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा ११.७ प्रतिशत र आयात मूल्य सूचकाङ्कमा ६.७ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्त मा ४.७ प्रतिशतले सुधार भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त २५.५ प्रतिशतले बढेको थियो । कार्पेट, पश्मिना, अलैचीको, निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो । 

सेवा 
२३) समीक्षा अवधिमा कुल सेवा आय १५.२ प्रतिशत र कुल सेवा खर्च १३.३ प्रतिशतले बढेको कारण खुद सेवा आय बचत रु. ४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. २ अर्ब ८१ करोड रहेको थियो । सेवा खाता अन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ३०.१ प्रतिशतले वृद्धि भई रु. २९ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २१.२ प्रतिशतले घटेको थियो । 

विप्रेषण आप्रवाह 
२४) समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले वृद्धि भई रु. ३९४ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय ८.३ प्रतिशतले वृद्धि भई रु. ४७५ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.९ प्रतिशतले बढेको थियो । 

चालू खाता एवम् शोधनान्तर 
२५) अघिल्लो वर्षको सात महिनासम्ममा रु. १५४ अर्ब ७८ करोडको उच्च बचतमा रहेको चालू खाता समीक्षा अवधिमा वस्तु आयात उच्च दरले बढेको कारण रु. १० अर्ब ६६ करोडले घाटामा गएको छ । त्यसैगरी, अघिल्लो वर्षको सात महिनासम्ममा रु. १५४ अर्ब ४० करोडले बचतमा रहेको समग्र शोधनान्तर स्थिति समीक्षा अवधिमा रु. ३६ अर्ब ९८ करोडले बचतमा रहेको छ । अमेरिकी डलरका आधारमा आर्थिक वर्ष २०७४ को सात महिनासम्ममा कुल वस्तु निर्यात १९.६ प्रतिशत र कुल वस्तु आयात ५८.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वस्तु निर्यात ३६.७ प्रतिशत र वस्तु आयात २७.५ प्रतिशतले घटेका थिए । समीक्षा अवधिमा भ्रमण आय २७.६ प्रतिशत र विप्रेषण आप्रवाह ३.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण आय २६.४ प्रतिशतले घटेको र विप्रेषण आप्रवाह ९.१ प्रतिशतले बढेको थियो । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनासम्ममा अमेरिकी डलर १४७ करोड १३ लाखले बचतमा रहेको चालूखाता समीक्षा अवधिमा अमेरिकी डलर ९ करोड ७६ लाखले घाटामा गएको छ । त्यसैगरी, शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो सात महिनामा अमेरिकी डलर १४५ करोड ८६ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा अमेरिकी डलर ३४ करोड ३७ लाखले बचतमा रहेको छ । 
२६) समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु. ९ अर्ब २५ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. ७ अर्ब ६० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु. ८ अर्ब ६० करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. २ अर्ब २६ करोड रहेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२७) कुल विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १०३९ अर्ब २१ करोडबाट ३.७ प्रतिशतले वृद्धि भई २०७३ माघ मसान्तमा रु. १०७७ अर्ब ४७ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको रु. ८८७ अर्ब १ करोडको तुलनामा २०७३ माघ मसान्तमा ३ प्रतिशतले वृद्धि भई रु. ९१३ अर्ब ४६ करोड रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १५२ अर्ब २० करोडको तुलनामा ७.८ प्रतिशतलेवृद्धि भई रु. १६४ अर्ब पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २२.४ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२८) आर्थिक वर्ष २०७४ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.७ महिनाको वस्तु आयात र १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.९ प्रतिशत, ९९.७ प्रतिशत र ४३.८ प्रतिशत रहेका छन् । २०७३ असार मसान्तमा यस्ता ट अनुपातहरू क्रमशः ४६.२ प्रतिशत, ११७.४ प्रतिशत र ४६.३ प्रतिशत रहेका थिए । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम एवम् सुनको मूल्य स्थिति तथा विनिमय दर प्रवृत्ति 
२९) अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७२ माघ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ३१.८० रहेकोमा २०७३ माघ मसान्तमा ७३.६ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ५५.२० कायम भएको छ । त्यसैगरी, २०७२ माघ मसान्तमा सुनको मूल्य प्रति आउन्स अमेरिकी डलर १२३९.७५ रहेकोमा २०७३ माघ मसान्तमा ०.९ प्रतिशतले घटी प्रति आउन्स अमेरिकी डलर १२२८.३० पुगेको छ । 
३०) २०७३ असार मसान्तको तुलनामा २०७३ माघ मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.१ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ७.१ प्रतिशतलेअवमूल्यन भएको थियो । २०७३ माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०६.६३ पुगेको छ । २०७३ असार मसान्तमा उक्त विनिमय दर रु. १०६.७३ रहेको थियो । 

सरकारी वित्त स्थिति बजेट घाटा/बचत 
३१) आर्थिक वर्ष २०७४ को सात महिनासम्ममा नगद प्रवाहमा आधारित नेपाल सरकारकोबजेट रु. ६३ अर्ब ८५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. २१ अर्ब ९८ करोड रहेको थियो । 

सरकारी खर्च 
३२) समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ५४.६ प्रतिशतले वृद्धि भई रु. ३१३ अर्ब ३० करोड पुगेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ३१.९ प्रतिशतले बढेर रु. २०२ अर्ब ७२ करोड पुगेकोथियो । 

३३) समीक्षा अवधिमा चालू खर्च ५४.८ प्रतिशतले बढेर रु. २३७ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु. १५३ अर्ब ४६ करोड रहेको थियो । समीक्षा अवधिमा पुँजीगत खर्च रु. ४६ अर्ब ९४ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु. १७ अर्ब ४५ करोड भएको थियो ।  

सरकारी राजस्व 
३४) समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ६५ प्रतिशतले वृद्धि भई रु. ३१९ अर्ब १५ करोडमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १.६ प्रतिशतले बढेर रु. १९३ अर्ब ४८ करोड पुगेको थियो । मूल्य अभिवृद्धिकर, भन्सार, आयकर, अन्तःशुल्क लगायतका शीर्षकहरुमा राजस्व उच्च दरमा बढेकाले सरकारको कुल राजस्व संकलनको वृद्धिदर उच्च रहन गएको हो । 

सरकारको नगद मौज्दात 
३५) स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७३ माघ मसान्तसम्ममा नेपाल सरकारको नेपाल राष्ट्र बैंकमा रु. २०१ अर्ब ६१ करोड नगद मौज्दात कायम रहेको छ । 

मौद्रिक तथा वित्तीय स्थिति 
मुद्राप्रदाय 

३६) समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय ९.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ९.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ माघ मसान्तमा विस्तृत मुद्राप्रदाय १९.८ प्रतिशतले बढेको छ । 
३७) समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. ३६ अर्ब ९८ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. १५४ अर्ब ४० करोडले बढेको थियो । 
३८) समीक्षा अवधिमा सञ्चित मुद्रा ४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ८.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ माघ मसान्तमा उक्त मुद्रा ०.४ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
३९) समीक्षा अवधिमा कुल आन्तरिक कर्जा १०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ माघ मसान्तमा यस्तो कर्जा २६.८ प्रतिशतले बढेको छ । 
४०) समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ७.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रमाथिको दावी २०७३ माघ मसान्तमा ३२.१ प्रतिशतले बढेको छ । 

निक्षेप सङ्कलन 
४१) समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २०.२ प्रतिशतले बढेको छ । २०७३ माघमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ८.१ प्रतिशत, ३८.७ प्रतिशत र ३५.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.८ प्रतिशत, ४४.१ प्रतिशत र २८.३ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
४२) समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा १५.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको १७.२ प्रतिशत र विकास बैंकहरुको ६.९ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको २.९ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७३ माघमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्पm लगानीमा रहिरहेको कर्जा ३२.९ प्रतिशतले बढेको छ । 
४३) समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ८.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १२.४ प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा १६.८ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १२.५ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा १३.५ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१.८ प्रतिशतले बढेको छ । 
४४) २०७३ माघसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९.८ प्रतिशत र १३ प्रतिशत रहेको थियो । 
४५) २०७३ असार मसान्तको तुलनामा २०७३ माघमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये ओभरड्राफ्ट, शेयर मार्जिन, घरजग्गा तथा हायर पर्चेजतर्फको कर्जा उल्लेख्य विस्तार भएको छ । 
४६) २०७३ माघमा बैंक तथा वित्तीय संस्थाहरुको कुल लगानीमा रहेको कर्जामा घर जग्गा कर्जा (रु. १ करोडसम्मको व्यक्तिगत आवासीय घर कर्जा समेत) को अंश १५.१ प्रतिशत रहेको छ । 
४७) २०७३ माघसम्ममा वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २.६ प्रतिशत (रु. ४२ अर्ब ६४ करोड) छ । 
४८) समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा १४.३ प्रतिशत (रु. १० अर्ब ४३ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.६ प्रतिशतले घटेको थियो । 

तरलता व्यवस्थापन 
४९) समीक्षा अवधिमा यस बैंकले रिपो बोलकबोल (ब्याजदर करिडोर अन्तर्गतको रु. ५ अर्ब ४० करोड सहित) मार्फत्कुल रु. ३३ अर्ब २१ करोड तरलता प्रवाह गरेको छ । साथै, समीक्षा अवधिमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले रु. ५४ अर्ब ८३ करोडको स्थायी तरलता सुविधा उपयोग गरेका छन् । 
५०) समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर २ अर्ब ३३ करोड खुद खरिद गरी रु. २५१ अर्ब १२ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ५४ करोड खुद खरिद भई रु. २६८ अर्ब ६२ करोड खुद तरलता प्रवाह भएको थियो । 
५१) समीक्षा अवधिमा खुलाबजार कारोबारमार्पmत्रु. १०१ अर्ब १० करोड तरलता प्रशोचन गरिएको छ । यस अन्तर्गत ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप बोलकबोलमार्पmत् रु. २९ अर्ब ८० करोड, ९० दिने निक्षेप बोलकबोलमार्फत् रु. ७ अर्ब ५ करोड र रिभर्स रिपोमार्पmत् रु. ६४ अर्ब २५ करोडको प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोलकबोल, रिभर्स रिपो तथा सोझै बिक्री बोल–कबोलमार्पmत् क्रमशः रु. २५८ अर्ब ४० करोड, रु. १३७ अर्ब ३५ करोड र रु.९ अर्ब १० करोड तरलता प्रशोचन गरिएको थियो ।
५२) समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब ३६ करोड र यूरो ९ करोड ५० लाख बिक्री गरी रु. २६३ अर्ब ३७ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ७२ करोड बिक्री गरी रु. १८० अर्ब बराबरको भा.रु. खरिद भएको थियो । 

पुनरकर्जा, उत्पादनशील कर्जा र विपन्न वर्ग कर्जा 
५३) उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । समीक्षा अवधिमा साधारण पुनरकर्जा रु. ७ अर्ब ६२ करोड र निर्यात कर्जा रु. १ अर्ब १ करोड गरी कुल रु. ८ अर्ब ६३ करोड पुनरकर्जा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारणतर्फ रु. १ अर्ब ७० करोड र निर्याततर्फ रु. १ अर्ब १२ करोड गरी जम्मा रु. २ अर्ब ८२ करोड पुनरकर्जा उपयोग भएको थियो । 
५४) भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७३ माघ मसान्तसम्म कुल २१२ जनालाई रु. ४७ करोड २९ लाख कर्जा प्रवाह भएको छ । 
५५) वाणिज्य बैंकहरूले तोकिएका उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा २०७३ माघ मसान्तसम्ममा वाणिज्य बैंकहरूको यस्तो कर्जा अनुपात १६.५ प्रतिशत रहेको छ । 
५६) “क”, “ख” तथा “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले विपन्न वर्गमा न्यूनतम् ५ प्रतिशत, ४.५ प्रतिशत र ४ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७३ पुस मसान्तसम्ममा यस अन्तर्गत क्रमशः ५.६ प्रतिशत, ६.५ प्रतिशत र ४.६ प्रतिशत कर्जा प्रवाह भएको छ । 

अन्तर–बैंक कारोबार 
५७) समीक्षा अवधिमा वाणिज्य बैंकहरूले रु. ६९९ अर्ब २ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. २३९ अर्ब ८८ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ४४८ अर्ब ५७ करोड र रु. ३८ अर्ब ५२ करोडको यस्तो कारोबार गरेका थिए । 

ब्याजदर 
५८) २०७२ माघको तुलनामा २०७३ माघमा ९१–दिने ट्रेजरी विल र अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर बढेको छ । २०७२ माघमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.३५ प्रतिशत रहेकोमा २०७३ माघमा २.६४ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७२ माघको ०.२२ प्रतिशतको तुलनामा २०७३ माघमा ४.१३ प्रतिशत रहेको छ । अन्य वित्तीय संस्थाहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७२ माघको १.०१ प्रतिशतको तुलनामा २०७३ माघमा ७.०५ प्रतिशत रहेको छ । 
५९) २०७३ माघमा वाणिज्य बैंकहरूको कर्जा तथा निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर ५.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको माघमा यस्तो ब्याजदर अन्तर ६.१ प्रतिशत रहेको थियो । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७२ माघको ६.६ प्रतिशतको तुलनामा २०७३ माघमा ७.८ प्रतिशत कायम हुन आएको छ । 

मर्जर/प्राप्ति 
६०) वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर÷प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको छ । २०७३ माघ मसान्तसम्ममा कुल १३१ वटा बैंक तथा वित्तीय संस्थाहरू (घ वर्गका सहित) मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ८९ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम रहेका छन् । 

शाखा पुनस्र्थापना 
६१) नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका द्वन्दकालमा विस्थापित भएका ३१८ शाखाहरुमध्ये २०७३ माघ मसान्तसम्म १५१ शाखा पुनस्र्थापित भएका छन् । 

पुँजी बजार 
६२) नेप्से सूचकाङ्क २०७२ माघ मसान्तको १,२६३.७ विन्दुबाट २०७३ माघ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १,२९६.२ विन्दुमा पुगेको छ । २०७३ असार मसान्तको १,७१८.२ विन्दुको तुलनामा भने नेप्से सूचकाङ्कमा २४.६ प्रतिशतले ह्रास आएको छ । 
६३) आर्थिक वर्ष २०७४ को सात महिनासम्ममा कुल सेयर कारोबार रकम अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १०७.० प्रतिशतले वृद्धि भई रु. १२३ अर्ब ५ करोड पुगेको छ । डिम्याट प्रणालीबाट कारोबार भई स्टकको तरलता बढेको तथा चालू आर्थिक वर्षदेखि नेप्सेको कारोबार समयमा वृद्धि भएको कारण तुलनात्मक रुपमा कुल कारोबार रकममा वृद्धि देखिएको हो । 
६४) आर्थिक वर्ष २०७४ को सात महिनासम्ममा नेपाल धितोपत्र बोर्डले १० वटा कम्पनीहरुलाई रु. ७ अर्ब ६६ करोड बराबरको ३ करोड ५० लाख कित्ता सेयर प्राथमिक निष्काशन (थप निष्कासन–एफपिओसहित) का लागि स्वीकृति दिएको छ ।

स्रोत : नेपाल राष्ट्र बैंक


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]