Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१० रुपैयाँका नयाँ नोट फ्रान्सेली कम्पनीले छाप्ने, राष्ट्र बैंकले गर्यो सम्झौता

२०७३ माघ १८ गते

१० रुपैयाँ दरका नयाँ नोट डिजाइन, छपाई र आपूर्तिका लागि नेपाल राष्ट्र बैंकले फ्रन्सेली कम्पनीसँग सम्झौता गरेको छ । १० रुपैयाँ दरका २४ करोड थान नयाँ नोट छपाईका लागि राष्ट्र बैंकले फ्रान्सको पेरिसस्थित Oberthur Fiduciaire S.A.S., 7 avenue de Messine, 75008 सँग खरिद सम्झौता गरेको जानकारी दिएको छ । राष्ट्र बैंकले गत माघ १३ गते अर्थात जनवरी २६ मा सो कम्पनीसँग ३० लाख ६४ हजार आठ सय यूरोको खरिद सम्झौता गरेको हो ।